फोर आइज न्युज
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • मोडलबाट निर्देशक बन्दै ओम तामाङ्ग

मोडलबाट निर्देशक बन्दै ओम तामाङ्ग

मोडलबाट निर्देशक बन्दै ओम तामाङ्ग

काठमाडौँ, भदौ ७ । हरेक मान्छेको सुरुवाति संघर्षपुण नै रहन्छ । जिवनका हरेक प्रहरमा कोहि न कोहि मान्छेले एउटा प्रशंशनिय काम गरेकै हुन्छ । चर्चा सबैले पाएका छन तर फरक यत्ति हो राम्रो र नराम्रो, जिवनको २१ बसन्तबाट मोडलिङ्गमा यात्रा सुरु गरी स्थानिय स्तरका स्टेजमा हुने कार्यक्रम देखि म्युजिम भिडियो सम्मको यात्राले छोटो समयमा नै लोकप्रिय बनेर सबैको मनमुटुमा बस्न सफल भएका छन् ओम तामाङ्ग अझ त्यो भन्दापनि “हाम्रो मेलम्ची” गितको मोडलिङ्ग निर्देशन र गायनले अझ सबैले चिन्न थालेका छन ।

साथै उक्त गित सबै मेलम्ची वासिको मनमुटुमा गुञ्जीरहन्छ । हाल उनि स्टेज कार्यक्रम, म्युजिक भिडियोको निर्देशन र मोडलिङ्गमा व्यस्त रहेका छन । साथै “नेपाल कला साहित्य प्रतिष्ठान” सचिव रहेको ओम तामाङ्गको लक्ष्य भनेको आफ्नो मौलिक कला संस्कृतिलाई संगितले बचाईराख्ने र हराउन लागेको मौलिक गितहरुको शंरक्षण गर्ने उक्त प्रतिष्ठानले लक्ष्य नै राखेको उनले बताएका छन ।

पछिल्लो समयमा “संयौं थरी कुरा गर्दै” भन्ने बसन्ति लामाको गायनमा रहेको गितका अभिनयसंगै झन चर्चा कमाउन सफल भएका छन । उक्त गितको संगित प्रयास दोङको रहेको छ भने सो गितमा ओम तामाङ्ग, अहिलेको चर्चीत मोडल अनिता गोले, सुमन तामाङ्ग लगाएतको अभिनयमा रहेको म्युजिक भिडियो पनि केहि दिनमै बजारमा सार्वजनिक हुने भएको छ ।

अहिलेको युवा पुस्ताले रुचाउने सुगम संगित तथा सेलो गितहरुमा आवाज दिदै आएकि गायिका बसन्ति लामाको पछिल्लो पटक सार्वजनिक हुन लागेको गितलाई श्रोता तथा दर्शकले मन पराउनेमा उत्पादन टिमले विश्वास लिएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका