फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना

राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना

राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना

नेक्सस क्रिक्रेट एकेडेमीले नेक्सस कप अण्डर १६ अन्तर एकेडेमी टी ट्वान्टी राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । आज भक्तपुरमा एकेडेमीले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिता मूल आयोजक समितिका संयोजक भरतकुमार शाहीले प्रतियोगिता लिग तथा नकआउटका आधारमा सञ्चालन हुने बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा देशभर रहेका निजी तथा सामुदायिकस्तरबाट सञ्चालित क्रिक्रेट एकेडेमी तथा क्लबमध्येबाट ३२ टिमका ४४८ खेलाडीको सहभागिता रहने बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५० हजार नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र, द्वितीय हुनेलाई रु एक लाख नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यसैगरी म्यान अफ द सिरिजलाई रु २० हजार, इमरजिङ खेलाडीलाई रु १५ हजार, उत्कृष्ट बलरलाई रु १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई रु १० हजार नगदसहितको पुरस्कार प्रदान गरिने बताउनुभएको छ ।
कुल रु ५८ लाखको लागतमा सम्पन्न हुने प्रतियोगितामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण भएका व्यक्तिमात्र सहभागी हुन पाउनेछन् ।
प्रतियोगिता आगामी चैत १५ देखि वैशाख ५ गतेसम्म भक्तपुरको सैनिक आवासीय उमाविको खेलमैदानलगायत तीन ठाउँमा खेल हुने प्रतियोगिताका सहसंयोजक विजयकुमार शर्माले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका