फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • सर्वोच्चको संवैधानिक इजलास बस्दै

सर्वोच्चको संवैधानिक इजलास बस्दै

सर्वोच्चको संवैधानिक इजलास बस्दै

काठमाडौँ – सर्वोच्च अदालतले शुक्रबारदेखि संवैधानिक इजलास सुरु गर्ने भएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि उक्त विघटन मुद्दाको फैसला गरेपछि संवैधानिक इजलास बसेको छैन।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध न्यायिक क्षेत्रमा आन्दोलन चर्किएसँगै संवैधानिक इजलास रोकिएको थियो। राणा निलम्बन भएसँगै कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी पाएका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले शुक्रबार संवैधानिक इजलास बस्ने तयारी गरेका हुन्।

सर्वोच्चका अनुसार शुक्रबार बस्ने संवैधानिक इजलासले पूर्वप्रधानमन्त्री ओलीले ऐन संशोधन गरेर संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ गर्नेछ। ओलीले प्रमुख प्रतिपक्षी दलका नेता, सभामुखलगायतले निरन्तर असहयोग गरेको भन्दै सर्वसम्मत निर्णय गर्नुपर्ने प्रावधान संशोधन गरेर संवैधानिक परिषद्को बहुमतको आधारमा निर्णय गर्न सकिने व्यवस्था गरेका थिए।

निलम्बित प्रधानन्यायाधीश राणासँगको भागबन्डा मिलाएर पूर्वप्रधानमन्त्री ओलीले संवैधानिक निकायहरुमा आफू पक्षीयहरुलाई धमाधम नियुक्ति दिएका थिए। भागबन्डामा आफ्नो पनि सहभागिता भएकाले राणाले त्यसविरुद्ध परेको रिटको सुनुवाइ पन्छाउँदै आएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका