भारत–पाकिस्तान तनावले नेपालका अन्तर्राष्ट्रिय उडान प्रभावित
काठमाडौँ — लडाकु सैन्य विमानबाट भारत र पाकिस्तानबीच आक्रमण सुरु भएपछि दक्षिण एशियाली आकाशमा तनाव देखिएको छ । यस्को असर बुधबार यता युरोप र मध्यपूर्वबाट नेपाल आउने उडानमा पनि परेको छ । युरोप–एशियामा पर्ने टर्की अनि मध्यपूर्वको कतार, दुबई, कुबेत, साउदीअरब लगायतका मुलुकका सहरबाट नेपाल आउने दैनिक १५ र फर्किने पनि १५ हाराहारी उडान प्रभावित भएको […]