काठमाडौँ — पाकिस्तानका प्रधानमन्त्री शहवाज सरीफले भारत र पाकिस्तानबीच युद्ध विराम गराउन गरेको प्रयासका लागि अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिएका छन् ।
उनले ‘एक्स’ मा लेखेका छन् – ‘क्षेत्री शान्तिका लागि राष्ट्रपति ट्रम्पको नेतृत्व र सक्रिय भूमिकाका लागि आभार प्रकट गर्दछौं । पाकिस्तानले यो परिणामलाई क्षेत्रीय शान्ति र स्थायित्वको हितमा स्वीकार गरेको छ र यसमा सहयोग पुर्याएकोमा संयुक्त राज्य अमेरिका प्रति आभार व्यक्त गर्दछ ।’
उनले दक्षिण एसियामा शान्तिका लागि गरिएको महत्वपूर्ण योगदानका लागि उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रूबियोप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् ।