फोर आइज न्युज
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • सम्पादकिय : चुनावको चटारो, धमिलो राजनिती

सम्पादकिय : चुनावको चटारो, धमिलो राजनिती

सम्पादकिय : चुनावको चटारो, धमिलो राजनिती

बैशाख २७, काभ्रे । देशका गाउँबस्ती सहर सबै चुनाबमय बनेको छ। यसरी देश चुनावमय बनिरहदा पनि राजनीती सफा हुन सकेको छैन धमिलो नै छ । सम्पुर्ण दलका माग र एजेन्डालाई सम्बोधन गर्न सकिएको छैन । कुनै पनि चुनाबी माहोल स्वतन्त्र हुनु पर्छ भन्ने आम जनताको चाहाना हो। तर धमिलो राजनितीका कारण बन्दुकको घेरा भित्र जनताले मत खसाल्नु पर्ने बाध्यता छ।

केशब चापागाईं, प्रधान सम्पादक
सबैको समाचार डट कम

हिजो सम्म बैसाख ३१ मा हुने भनिएको चुनाब हुने नहुने मै दुबिधा थियो । मधेसी दल लगायतका दल हरु संग सकरात्मक बार्ता हुन सकिरहेको थिएन।आखिर दलहरुको खिचातानी देशले कहिले सम्म भोग्नु पर्ने हो?दलहरु देश बिकासमा कहिले देखि लाग्ने हुन?यी सबै प्रश्न आम जनमानस मा तिलमिलाइ रहेको छ। प्रचन्ड सरकार स्थानिय निकायको चुनाबलाई आफ्नो प्रमुख उपलब्धी मानिरहेको छ ।
चुनाब गराउनु अहिलेको प्रमुख उपलब्धी भए पनि चुनाब अनि गाउँपालीका र नगरपालिकाले बिकासको कस्तो गति लिन्छ त्यो प्रमुख कुरा हो । चार इन्च कालोपत्रको टेन्डर पास गराएर एक इन्च कालोपत्र पास गराइन्छ कि गराइदैन त्यो मुख्य कुरा हो । देशका कालोपत्र अधिकांस एक बर्स नपुग्दै हिड्न नहुने भएका छन ।
यो त एक नमुना बिकासको एक उदाहरण मात्र हो। अब यि विविध समस्याको हल स्थानिय निकायको चुनाबमा बिजयी उमेद्वारले गर्छ गर्दैन। यहि आम जनताको चासो अनि आसाको बिषय हो। लामो समय पछि हुन लागेको स्थानिय निकायको चुनाब अब नियमित सबैधानिक अबधि भित्र हुन्छ हुन्न ? यो पनि यही सरकारले तोक्नु पर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका