फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • गुगलका सिइओको वार्षिक कमाई २० करोड डलर

गुगलका सिइओको वार्षिक कमाई २० करोड डलर

गुगलका सिइओको वार्षिक कमाई २० करोड डलर

गुगल कम्पनीका सिइओ सुन्दर पिचाईले गत एक वर्षमा कम्पनीबाट २० करोड डलर कमाई गरेका छन् । गत सन् २०१६ मा उनले गुगलबाट तलब भत्ता, शेयर आदि गरी २० करोड डलर हात पारेका हुन् । उनको यो कमाई सन् २०१५ को भन्दा दोब्बर हो ।
पिचाईले सन् २०१६ मा तलब बापत मात्र ६ लाख ५० हजार डलर हात पारे । यद्यपि यो रकम सन् २०१५ को भन्दा साढे २ हजार डलर कम हो ।तर उनले सन् २०१६ मा कम्पनीको शेयरबापत १९ करोड ८७ लाख डलर कमाए जुन सन् २०१५ को कमाई भन्दा दोब्बरले बढि हो ।गुगलका सहसंस्थापक तथा पूर्व सिइओ ल्यारी पेजले अल्फाबेट कम्पनीको मातहतमा नयाँ व्यवसाय वृद्धि गर्नेतर्फ आफ्नो ध्यान केन्दि्रत गरिरहेका छन् ।
पिचाईको नेतृत्वमा गुगलले आफ्ना विज्ञापन तथा यु ट्युबबाट हुने कमाईमा भारी वृद्धि गरिरहेको छ । साथै मेसिन लर्निङ, हार्डवेयर तथा क्लाउड कम्प्युटिङमा पनि उनले लगानी बढाइरहेका छन् ।गत वर्ष गुगलले नयाँ स्मार्टफोन, भर्चुअल रियालिटी हेडसेट, राउटर र भ्वाइस कन्ट्रोल्ड स्मार्ट स्पिकर बजारमा ल्याएको थियो । जसले गुगललाई मुनाफा दिन सुरु गरिसकेका छन् ।
गुगलको हार्डवेयर तथा क्लाउड सर्भिसबाट प्राप्त हुने राजश्व पछिल्लो त्रैमासिकमा ३ अर्ब १० करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढि हो ।गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्य पनि यो वर्ष चुलिएको छ । यो हप्ता अल्फाबेट कम्पनीको मूल्य इतिहासमै पहिलो पटक ६ खर्ब डलर पुगेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका