फोर आइज न्युज
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • सप्तरीको पूर्वी भेगमा दुईफिट बाक्लो असिना

सप्तरीको पूर्वी भेगमा दुईफिट बाक्लो असिना

सप्तरीको पूर्वी भेगमा दुईफिट बाक्लो असिना

वर्षासँगै परेको असिना पानीले गर्दा सप्तरी जिल्लामा लगाइएको विभिन्न बालीमा ठूलो क्षति पुगेको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा अत्यधिक मात्रामा परेको असिनाले पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर, रुपनगर, बक्दुवा, जण्डौल र बरमझियालगायत ठाउँमा करिब दुई फिटसम्म असिना जमेको छ ।
त्यस्तै, वर्षासँगै परेको असिनाले जिल्लामा रहेको आँप, गहुँबाली, मुंगसहित आँपको मुजुरामा ठूलो क्षति पुयाएको रुपनगरका उत्तम आचार्यले बताउनुभयो । यस्तो असिना करिब २०–२५ वर्षपछि मात्र सप्तरी जिल्लामा परेको बताइएको छ । असिनासँगै परेको पानीले गर्दा जिल्लामा चिसोसमेत बढेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका