फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • २९ अङ्कले घटेर शेयर बजार राताम्मे, एक अर्ब १५ करोड रुपैयाँको कारोबार

२९ अङ्कले घटेर शेयर बजार राताम्मे, एक अर्ब १५ करोड रुपैयाँको कारोबार

२९ अङ्कले घटेर शेयर बजार राताम्मे, एक अर्ब १५ करोड रुपैयाँको कारोबार

शेयर बजार झन्डै २९ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार २८ दशमलव ९२ अङ्कले घटेर एक हजार नौ सय ३२ दशमलव ४५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, होटल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै बाराही पावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा सिटिजन्स म्युचल फन्ड २ र अपर सोलु हाइड्रोको शेयर नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ३७ लाख ६९ हजार कित्ता शेयर एक अर्ब १५ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनीको छ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका