फोर आइज न्युज
सोमवार, बैशाख १५, २०८२
  • होमपेज
  • खुट्टामा मिल्ने जुत्ता पाउन निकै गार्हो

खुट्टामा मिल्ने जुत्ता पाउन निकै गार्हो

खुट्टामा मिल्ने जुत्ता पाउन निकै गार्हो

चाडपर्व होस् वा अन्य कुनै मौका, मानिसहरु नयाँ लुगा तथा जुत्ता किन्न भुल्दैनन् । मनपर्ने रंग तथा फिटिंगको जुत्ताको खोजीमा घण्टौँसम्म शपिंग गर्दापनि थाक्दैनन् उनीहरु । तर अमेरिकाको मिसिगनका १९ वर्षका ब्रक ब्राउन भने यसभन्दा फरक छन् । कपडा त उनका लागि सजिलै भेटिन्छ, तर खुट्टामा मिल्ने जुत्ता पाउन भने निकै गार्हो छ ।
खुुट्टा भए, जुत्ता त कति कति भन्ने उखान ब्राउनका लागि मेल खाँदैन । उनका पाइताला यति ठूला छन् की उनलाई ठिक्क हुने साइजका जुत्ता कुनैपनि कम्पनीले उत्पादन गर्दैनन् । उनलाई २८ नम्बरे जुत्ता ठिक्क हुन्छन्, तर त्यो साइजका जुत्ता एकजनाका लागि उत्पादन गर्न कम्पनीहरुले अस्विकार गर्छन् ।
तर खुसीको कुरा हाल एउटा कम्पनीले थ्री डी पि्रन्टरको सहयोगले उनका लागि एक जोर जुत्ता तयार गरी उनलाई उपहार दिएको छ । रातो र कालो रंगको जुत्ता उनलाई यति मन परेको छ की उनी यिनै जुत्ता लगाएर हिँडडुल गर्दछन् । जबकी त्यसअघि उनलाई जुत्ता नलगाइकनै खाली खुट्टा हिँड्नु पथ्र्यो ।एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन् ।  निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ । एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।