फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • तराईमा १४ प्रतिशत बन्दीलाई यातना

तराईमा १४ प्रतिशत बन्दीलाई यातना

तराईमा १४ प्रतिशत बन्दीलाई यातना

तराईका १९ जिल्लाका थुना केन्द्रमा १४ प्रतिशत व्यक्तिले यातना पाएको तथ्याङ्क सार्वजनिक भएकोे छ । ‘तराई मानवअधिकार संरक्षक सञ्जाल’ नामक संस्थाले तयार पारेको ‘तराईमा यातना–२०१६’ नामक प्रतिवेदनमा विभिन्न थुना केन्द्रमा छ सय ७४ थुनुवासँग अन्तर्वार्ता गर्दा एक सय ६७ (२४.७४ प्रतिशत) ले यातना पाएको उल्लेख छ ।
प्रतिवेदनमा १३.७८ प्रतिशत थुनुवालाई २४ घन्टाभित्र अदालतमा उपस्थित नगराइएको र १०.९६ प्रतिशतलाई स्वास्थ्य परीक्षण नगराइएको उल्लेख छ ।
सो प्रतिवेदनको सार्वजनिक गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बन्दीगृहमा थुनुवालाई साबित गराउन कोर्रा हान्ने, कुटपिट गर्नेजस्ता काम अमानवीय भएको बताउनुभयो । उहाँले ‘शून्य यातना’ को नारा नै तय गरेर बन्दीगृहमा यस्ता यातना रोक्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक विश्लेषक सिके लालले नेपालमा तानाशाहीतन्त्र, लोकतन्त्र वा गणतन्त्र जे आए पनि शासनको आधारभूत प्रणालीमा सुधार आउन नसक्दा यातना दिने प्रवृत्ति यथावत् रहेको विचार व्यक्त गर्नुभयो ।
सञ्जालका उपाध्यक्ष शैलेन्द्र हरिजनले स्थलगत अध्ययनबाट प्रतिवेदन तयार पारिएको जानकारी दिँदै बन्दी, नाबालक, महिला तथा बाटामा हिँडेको व्यक्तिलाई समेत अनुहार हेरेर यातना दिने गरिएको अध्ययनका क्रममा पाइएको बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका