फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • ५६ हजार पैसा पठाउँदा काठमाण्डौमा घडेरी !

५६ हजार पैसा पठाउँदा काठमाण्डौमा घडेरी !

५६ हजार पैसा पठाउँदा काठमाण्डौमा घडेरी !

विदेशमा दुःख गरी कमाएको ५६ हजार रुपैयाँ घरमा पठाउँदा त्यसबाट लाखौं रुपैयाँको घडेरी काठमाण्डौमा पाइएला भनेर तपाईं सोच्नुुहुन्छ ? सिटी एक्सप्रेसको प्रवद्र्धनात्मक अफरको विज्ञापन सुन्दा कसै कसैले कल्पना गर्नुभएको थियो होला ।
तर, सोचेर वा कल्पना गरेर मात्रै यस्ता अफर पाइँदैन, भाग्य चाहिन्छ । हो, यस्तै भाग्यमानी बन्न सफल भएका छन् महोत्तरीका सनदिलिपकुमार महतो । उनले अरबबाट ५६ हजार सिटी एक्सप्रेसबाट पठाउँदा दशैंतिहार र छैठको अफर अन्तर्गत काठमाण्डौमा चारआना घडेरी जित्ने शौभाग्य प्राप्त गरेका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले २०७३ सालको दशैंतिहार तथा छैठ पर्वको अवसरमा ल्याएको प्रबद्र्धनात्मक कार्यक्रम “सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्” योजना अन्तर्गत विजेताका रुपमा महोत्तरीस्थित लक्ष्मिनिया–७ निवासीे महतो छनोट भएका हुन् ।
उनले साउदी अरबस्थित टेलिमनीबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमा ६ नोभेम्बर २०१६ मा रु.५६ हजार ४ सय ९७ रुपैयाँ पठाएका थिए । उनले कम्पनीको तर्फबाट काठमाडौं उपत्यकामा ४ आना घडेरी जितेका छन् । सो प्रवद्र्धनात्मक कार्यक्रम असोज १५ गतेदखि पुस १६ गतेसम्म संचालन भएको थियो ।
सोही योजनाअन्तर्गत १२ हप्तासम्म प्रत्येक हप्तामा एक जनालाई ३२ इञ्चको एल.इ.डी टेलिभिजन प्रदान गरिने अफर सार्वजनिक गरिएको थियो ।
साप्ताहिक रुपमा विजेता बनी एलइडी टिभी सेट प्राप्त गर्नेहरुमा झपेन्द्र सत्याल(बाग्लुुंग), आशिष पौडेल(सुनसरी), कसिनन्द्र यादव(सप्तरी), सेते गिरी(रोल्पा), सुवर्ण कँडेल(बाग्लुंग), कृष्णकुमार माझी(महोत्तरी), भीमप्रसाद ढकाल(मोरंग), सुनिता राई(मोरंग), पवनकुमार साह हलुवार्ई(धनुुषा), भोजराज प्याकुरेल(झापा), सञ्जु गुुरुंग(पोखरा), विनोदकुमार चौधरी(कैलाली) रहेका कम्पनीले जनाएको छ ।
विशेष पुरस्कार वितरण समारोहमा सिटी एक्सप्रेसले देशका बिभिन्न ठाउँका आफ्ना २५ उत्कृष्ट प्रतिनिधीहरुलाई सम्मान समेत गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका