फोर आइज न्युज
मङ्लबार, असार १०, २०८२

कपडा पसलमा आगलागी

कपडा पसलमा आगलागी

बर्दियाको सानोश्री ताराताल नगरपालिका–६ कुुसुम्वा बजारमा रहेको दिलबहादुर परियारको पसल ‘हाम्रो वस्त्रालय’मा मङ्गलबार आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट काँचो कपडा, सिलाइ मेसिन लगायतका सामान नष्ट भएको परियारले बताउनुभयो । आगलागी के कारण भएको हो भन्ने विषयमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय सानोश्री तारातालले बताएको छ ।
स्थानीयवासीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको र आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा लिइएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका