फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • “माझी नै हो रे माझी”को लोकप्रियता बढ्दै

“माझी नै हो रे माझी”को लोकप्रियता बढ्दै

“माझी नै हो रे माझी”को लोकप्रियता बढ्दै

मालती राईको पहिलो गीति एल्बम मेरो भावको “माझी नै हो रे माझी”बोलको गीतले दिनप्रतिदिन लोकप्रियता कमाउदै गएको छ । केही समय अघि मात्र बजारमा आएको यस गीतलार्ई सङ्स नेपालले सामाजिक सञ्जाल युटूयूवमा राखेको दुई महिनामै एक लाख सत्तरीहजार भन्दा बढी मानिसहरुले यसलाई हेरि सकेका छन् ।
“माझी नै हो रे माझी” गीतको म्यूजिक भिडियोमा सुरेश राना मगर र पूजा सुबेदीले प्रशंसायोग्य अभिनयकलाको प्रस्तुति दिएका छन् । भिडियोको छायांकनकार्य चक्र महर्जनले गरेका छन् । यस्तैगरी राकेश राईको संगीत रहेको छ भने भिडियो निर्देशन पनि राकेश राईले नै गरेका छन् ।

‘बाटो तिमीले मोडेपछि वाचा तिमीले तोडेपछि, पागल पागल जस्तै भए म साथ तिम्ले तोडेपछि’ बोलको गीतबाट संगीतको यात्रा प्रारम्भ गरेकी मालति राईले ८ वर्षदेखि संगीतको सारेगम खेलाउँदै निकै लामो समयको अभ्यास पछि गीति एल्बम ‘मेरो भाव’ केही समय अघि नै सार्वजनिक भैसकेको छ ।
पुख्र्यौली घर खोटाङ जिल्लाको बुइपा भएकी उनी बाजे र बजुको साथ मोरङको पथरी–१ मा हुर्केकी हुन् । खास गरेर कुन्ती मोक्तानको ‘कोही भन्छन् जीन्दगी यो कर्कलाको पानी जस्तै हो’ गीत जस्ताको तस्तै गाउन सक्थिन् ।
उनको गायकी सुनेर शिक्षकहरूले उनलाई प्रायः विद्यालयमा गीत गाउन लगाउने गरेको सुनाउँछिन् । पछिपछि गाउँमा हुने सानोतीनो कार्यक्रमहरूमा सहभागी हुने गरेकी उनले देउसीभैलो कार्यक्रमहरुमा पनि गीतहरु गाउन थालिन् ।
आफ्नो भागमा परेको दुःखलाई उनले शिक्षाको रूपमा लिएको बताउँदै दुःख बिर्सनलाई गीत गाउन थालेको बताइन् । मोरङबाट गीतसंगीत सिक्नकै लागि भनेर उनी काठमाडौं, छिरेकी हुन् । राकेश राईको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमाको निर्देशन राकेश राईले गरेका छन् ।

चक्र महर्जनले छायांकन गरेको यस म्युजिक भिडियोमा सुरेश रानामगर, पुजा सुवेदीलगायतले अभिनय गरेका छन् । स्थानीय संघसंस्थाको कार्यक्रमहरूमा गीत गाउँदा प्रशंसा पाउँदै गएको त्यसले थप हौसला मिलेको बताउने उनले आफ्नो जीवनको उतारचढाव सुरु हुन नपाउँदै केही व्यावहारिक पाटोसमेत सम्हाल्न परेकाले त्यो बेला इच्छा अधुरो नै रहेको सुनाइन् ।
गायनमा सानैदेखि अत्यन्त्यै अभिरुचि राख्ने गायिकाको पुख्र्यौली घर खोटाङको बुइपा भएपनि मोरङको पथरी १ मै हुर्की बढेकी हुन । गायिका मालती राई पेशाले ब्यूटिसियन हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका