फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • रक्सीको दोकान गर्नेलाई इज्जतको के वास्ता ?

रक्सीको दोकान गर्नेलाई इज्जतको के वास्ता ?

रक्सीको दोकान गर्नेलाई इज्जतको के वास्ता ?

गजल
केही नभएकासँग के हुन्छ? लाचार हुन्छ।
हुनेहरुसँग त अलिकति अहङ्कार हुन्छ ।।

रक्सीको दोकान गर्नेलाई इज्जतको के वास्ता ?
राख्छन् दोकानमा तरुनी छोरी व्यपार हुन्छ ।।

“सावित्रीको बाख्रो“ कथा पढेर यत्ति ज्ञान भयो ।
प्रयोजन हुँदासम्म स्याहार हुन्छ, सुसार हुन्छ ।

रुप, धन र बलको अहिले के फूर्ति लगाउँनु ?
आखिर सबैको शरीर खरानी हुन्छ, अङ्गार हुन्छ ।

तिमी पो पर्ख भनेपछि दोबाटो मै पर्खन्छौ
ऊ पराई हो, पराइलाई पर्ख भन्नु बेकार हुन्छ ?
बुलन्द आवाज
थाक्रे २, धादिङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका