फोर आइज न्युज
आइतवार, कार्तिक ३, २०८२
  • होमपेज
  • गोकर्णेशवर नगरपालिकामा उपमेयर पदका प्रवल दावेदारहरु

गोकर्णेशवर नगरपालिकामा उपमेयर पदका प्रवल दावेदारहरु

यसै गोकर्णेश्वर नगरपालिकाको वर्तमान उपमेयर एबम् नेपाली काँग्रेसको महाधिबेसन प्रतिनिधि शान्ति नेपालले फेरि पनि आफ्नो दावा रहेको बताउँछिन्।
नेपाल, पहिले शिक्षक थिन भने सामाजिक कार्यमा पनि रुचि राख्दथिन।
नेपालको स्थायी बसोबास गोकर्णमा रहेको छ।

नेपाली काँग्रेसको महाधिबेसन प्रतिनिधि, गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा आध्यात्मिक सदभावना दुत साथै चामुण्डा मा.वि.को अङ्ग्रेजी विषयको शिक्षक र जय मल्टिपल क्याम्पसको लेकचरर रहेकी रेखा अर्याल धार्मिक, सामाजिक एबम् राजनैतिक गतिविधिमा निक्कै सक्रिय पाइएको छ। अर्यालको स्थायी बसोबास दक्षिणढोका रहेको छ भने जन्म स्थान सुन्ताखान भण्डारी गाउँ रहेको पाइएको छ।

नेपाली काँग्रेस बागमती प्रदेश सदस्य रहेकी गिता सिंखडा पहिले शिक्षक थिन भने सामाजिक एबम् राजनीतिक कार्यमा क्रियाशिल पाइन्छ। सिंखडाको स्थायी बसोबास सुन्दरीजल भएता पनि विवाह पश्चात जोरपाटी नयाबस्तीमा बस्दै आइरहेकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ। भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्।  बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन्। अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ।  यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन्। नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ। मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन्।  मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन्।  गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो। यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन्।