फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • एएफसी कप छनोटमा मच्छिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित

एएफसी कप छनोटमा मच्छिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित

एएफसी कप छनोटमा मच्छिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित

एएफसी कप छनोटमा नेपालको मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ ।

कोलकाताको साल्ट लेक रङ्गशालामा हिजो भएको खेलमा मच्छिन्द्र क्लब मोहन बगानसँग ३–१ गोलले पराजित भयो । यो हारसँगै मच्छिन्द्र क्लब एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । मोहन बगानका अनवर अलीले २ तथा जेसन कमिङ्ग्सले १ गोल गरे । मच्छिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल गरे ।

मच्छिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३–२ गोलले हराउँदै दोस्रो चरणमा पुगेको थियो । ‘ए’ डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइजसँग क्लब लाइसेन्स नभएकै कारण उपविजेता मच्छिन्द्रले मौका पाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका