फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • फिलिपिन्समा शक्तिशाली भूकम्पपछि पराकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि पराकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि पराकम्प

दक्षिणी फिलिपिन्स सहरका हजाराँै वासिन्दाहरु शुक्रबार गएको शक्तिशालीको भूकम्पको दुइदिनपछि पनि सडकमा रहेका छन् । शुक्रबार गएको ६.५ रिक्टरको भूकम्पपछि पनि जारी रहेको पराकम्पको कारण सर्वसाधारण माझ त्रासको वातावरण पैदा भएको छ ।
मिन्दानाओ द्विपनजिकै सुरिगाओ र नजिकैको क्षेत्रहरुमा प्रभावित हुने गरी गत शुक्रबार ६.५ रिक्टर स्केलको भूकम्प गएको थियो ।
यस भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी यस भूकम्पको कारण हजारौँ घरहरु क्षति तथा ध्वस्त भएका छन् ।
राज्यको भूकम्प विज्ञान कार्यालयका अनुसार शुक्रबार आएको शक्तिशाली भूकम्पपछि फिलिपिन्समा एक सयभन्दा बढी पराकम्प गइसकेको छ । यद्यपी अधिकारीहरुका अनुसार यस शक्तिशाली भूकम्पछि थप हताहतको भन्ने कुनै समाचार प्राप्त भएको छैन् ।
फिलिसिन्समा सन् २०१३ गएको ७.१ रिक्टर स्केलको भूकम्पमा परी २२० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । रासस÷एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका