फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • चौरासी प्रतिशत महिलाको सुरक्षित प्रसूति सेवा

चौरासी प्रतिशत महिलाको सुरक्षित प्रसूति सेवा

चौरासी प्रतिशत महिलाको सुरक्षित प्रसूति सेवा

सुरक्षित रुपमा शिशु जन्माउन यहाँका ८४ प्रतिशत महिलाले सुविधासम्पन्न प्रसूति गृहबाट सेवा लिएका छन् ।
सुरक्षित मातृशिशुका लागि यहाँका महिला स्वास्थ्य संस्था धाउन थालेका हुन् । पाल्पा जिल्ला सरकारी स्वास्थ्य संस्थामा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएपछि गत आवमा ८४ प्रतिशत महिलाले सुरक्षित रुपमा प्रसूति गृहमा आएर शिशु जन्माए ।
सरकारले मातृशिशु मृत्युदर घटाउने लक्ष्य लिई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था गरेपछि यहाँका महिला सुत्केरी हुन स्वास्थ्य संस्था धाउन थालेका हुन् । गत आवमा मात्र छ हजार तीन सय हराहारीका महिलाले स्वास्थ्य संस्थाम आएर प्रसूति गराए ।
जिल्लाका २५ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएको छ । तानसेनको लुम्बिनी मेडिकल कलेज तथा स्वास्थ्यचौकीबाट महिलालाई निःशुल्क सुत्केरी हुने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीले बताउनुभयो ।
अस्पताल भवन बन्दै
रामपुर– पूर्वी भेगमा अवस्थित रामपुर नगरपालिकामा ५० श्ययाको अस्पतालको भवन निर्माण हँुदैछ । पन्ध्र श्ययाको क्षमतामा सञ्चालित अस्पतालले घरदैलामै स्वास्थ्य सेवा प्रदान गर्ने छ ।
रवीना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिब रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । आव २०७२÷०७३ को पुसदेखि निर्माण सुरु गरिएको भवन तीन वर्षमा सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका