फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित साँस्कृतिक कार्यक्रम सफलता पूर्वक सम्पन्न

शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित साँस्कृतिक कार्यक्रम सफलता पूर्वक सम्पन्न

शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित साँस्कृतिक कार्यक्रम सफलता पूर्वक सम्पन्न

शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित नेपालीहरुको मौलिक पर्व मे मो च्या लो २१४४ औ ग्याल्बो ल्होछार विशेष सांस्कृतिक तथा भाग्यशाली बम्पर उपहार योजना कार्यक्रम भब्य सभ्य रुपमा सफलता पूर्वक सम्पन्न भएको छ ।
विशेष गरी यस वर्षा ग्याल्बो ल्होछार नेपाली राष्ट्रिय पात्रो अनुशार फरवरी २७ तारिक पर्ने भएता पनी कोरियामा भने कोरियन नयाँ वर्षा (सलनाल) को अवशरमा लामो बिदा हुने भएकोले नेपालीहरुको कार्य ब्यास्ततालाई मध्यनजर गर्दै समय अनुकूल ल्होछार मनाएको आयोजक कमिटिले बताएको छ ।
ग्याल्बो ल्होछारको औपचारिक कार्यक्रमको सभापतित्व सेर साङबो शेर्पाले गर्नु भएको थियो आदिवाशी जनजाति महासंघका प्रतिनिधि प्रमुख अथिति रहनु भएको कार्यक्रममा विशेष अथिति मा ल्अअ, नेपाल पत्रकार माह संघ शाखा कोरिया, प्रवाशी मजदुर यूनियन र अथिति मा बिबिन्न जातीय, क्षेत्रीय, राजनितिक दलकाका भात्री संगठन, अनलाइन मिडिया कर्मी लगायत थुप्रै नेपाली भाषी संघ संस्थाहरु थिए ।
कार्यक्रमको उद्घाटन सभापति र प्रमुख अथितिले संयुक्त रुपमा दियो बाली उद्घाटन गर्नु भयो । कार्यक्रममा स्वागत मन्तब्य वरिष्ठ उपध्यक्ष पासाङनुर्बु शेर्पाले दिनु भएको थियो ।
कार्यक्रम उत्घाटन पश्चात प्रमुख अथिति लगायत उपस्थित सबै संघ संस्थाका प्रमुखहरुले क्रमश आफ्नो मन्तब्य राख्ने क्रममा ग्याल्बो ल्होछार नेपाली राष्ट्रिय पर्व रहेकोले सबै नेपालीहरु मिलेर मनाउनु पर्ने बताउनु भयो साथै प्रवाशी भूमिमै भए पनि शेर्पा संघले विशेष आफ्नो मौलिक पर्वको जगेर्ना गर्न कार्यक्रम आयोजना गर्नु भएकोमा खुलेर प्रसंशा गर्नुको साथै आगामी दिनहरुमा थप उन्नति प्रगति होश भन्दै सुभ कामना दिनु भयो ।
औपचारिक कार्यक्रम अन्तमा सभापती सेर साङबोले यस वर्षा मेफो टेलो वर्गलाई बिदाई तथा
मे मो च्यलो वर्ग लाई स्वागत गर्नुको साथै आफ्नो “भासा लिपि, मौलिक चाडबाड हाम्रो पहिचान ऐतिहासिक संस्कृती र परम्परा संरक्षण र बिकास गर्न र विशेष गरी नेपालीहरुलाई भाद्रित्वको मिलमिलप गराउदै एक अर्कामा ग्याल्बो ल्होछारको शुभ कामना आदान प्रदान गरी खुशियाली साटा साट गरोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनु भयो साथै नजिकिदै गरेको मे मो च्यलो बर्गले विश्व भरी छरिएर रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दीदी बहिनीहरुको जीवनमा सुस्ख शान्ति समृदि ल्याओस भन्दै शुभ कामना दिनु भयो ।
शेर्पा संघले आपतकालीन राहात कोष स्थापनको लागि भाग्यशाली बम्पर उपहार योजना चिट्टा सोही दिन खोलिएको थियो । बम्पर उपहार योजनाको प्रथम पुरस्कार छ तोला सुन १ जनालाइ, दोस्रो पुरस्कार ३ तोन सुन एक जनालाइ, तेस्रो पुरस्कार २ तोन सुन एक जना लाई र चौथो तथा सान्तवना पुरस्कार ५० हजार वन दरले छ जना लाई प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा स्थानीय डिजेले बिबिन्न चर्चित रिमिक्स गीतहरु बाजाएर दर्शकहरुलाई नाचायका थिए साथमा स्थानीय कलाकारको बेजोड़ प्रस्तुतिले भरपूर मनोरंजन भएको थिए । कार्यक्रममा दर्शकहरु उत्शाहजनक सहभागीता थियो । कार्यक्रम उपस्थित दर्शकहरूले बिभिन्न कोरियन परिकारको स्वाद वाइन र गीत संगित मापÞर्mत निकै मनोरन्जन लिईएको प्रतिकृया दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका