फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • एक लाख रुपैयाँ बराबरको नक्कली नोटसहित स्वयम्भूबाट एक जना पक्राउ

एक लाख रुपैयाँ बराबरको नक्कली नोटसहित स्वयम्भूबाट एक जना पक्राउ

एक लाख रुपैयाँ बराबरको नक्कली नोटसहित स्वयम्भूबाट एक जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले एक लाख रुपैयाँ बराबरको नक्कली नोटसहित गोरखाको गोरखा नगरपालिका–३ धारापानी घर भइ काठमाडौं नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले थापालाई स्वयम्भूमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिएका छन् । थापाको साथबाट एक लाख (एक हजार दरका १०० थान) नक्कली नोट बरामद भएको उनले बताए ।

उनका अनुसार पक्राउ परेका थापालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका