फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • बहराइनसँगको खेलमा नेपाल १७ बलमै विजयी

बहराइनसँगको खेलमा नेपाल १७ बलमै विजयी

बहराइनसँगको खेलमा नेपाल १७ बलमै विजयी

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले हराएको छ ।

मलेसियाको क्वालालम्पुरमा बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाई २ ओभर ५ बलमै पूरा गर्‍यो । नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाइन् । बहराइनले १३ अतिरिक्त रन दियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५ ओभर ४ बलमा ३१ रनमै अलआउट भयो । बहराइनका लागि रसन्गिका हेरथले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालका इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, पूजा महतो र रुबिना क्षेत्रीले १र१ विकेट लिइन् । बहराइनका दुई जना खेलाडी रन आउट भए ।

लगातार दोस्रो जितसँगै नेपालले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । हिजो बिहीवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले हराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका