फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • गायक प्रेमराजा महत संगीतमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने

गायक प्रेमराजा महत संगीतमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने

गायक प्रेमराजा महत संगीतमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने

गायक प्रेमराजा महत संगीतमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने बताएका छन् । मुलुकका विभिन्न पर्यटकीय थलोमा गीतको छायांकन गरेर यसबारे देशविदेशमा प्रचार गर्ने उनको योजना छ । यही योजनाअनुसार उनले केही दिनअघि ‘घर हम्रा हुम्ला जुम्लामा’ गीत रिलिज गरे ।

गीतको छायांकन पनि नेपाली भाषाको उत्पत्ति थलो मानिने कर्णालीको जुम्लामा गरिएको छ । आफ्नै संगीतमा ल्याएको गीतमा उनी मोडल रीना थापामगरसँग फिचर्ड छन् । २८ वर्षअघि लेखेर राखेको यो गीतलाई बल्ल मात्र उनले गीतको स्वरुप दिएका हुन् । २० वर्षअघि नै एरेन्ज गरेको भए पनि गीत तयार पार्न ढिलाइ भएको उनको भनाइ छ ।
‘गीतको भिडियो काठमाडौं, तनहुँ, पोखरामा गरेर हुने थिएन । कर्णाली अञ्चल, कर्णाली नदीको र जुम्ला–हुम्लाको सेरोफेरोमा सुटिङ गर्ने इच्छा थियो,’ उनले भने, ‘अहिले त्यो माहोल मिलाएर जुम्ला पुगेर छायांकन गरे । सानो टिम लगेर सुटिङ गरिएको थियो ।’ जुन ठाउँका लागि सोचेर गीत लेखियो, त्यहीं छायांकन गर्दा आनन्द आएको उनले बताएका छन् ।

सुटिङ गरिएकै ठाउँका मानिस यसलाई लिएर हर्षित रहेको उनको भनाइ छ । डेढ वर्षअघि उनले ल्याएको ‘बन्दिपुरैमा’ समेत चर्चित भएको थियो । बर्सेनि भिन्न ठाउँमा आधारित रहेर गीत ल्याउने उनको योजना छ । ‘अघिल्लो वर्ष बन्दीपुरलाई प्रवद्र्धन गरेर गीत ल्याएँ । यसपटक जुम्लाको ल्याएको छु । आउने वर्ष धनकुटा र त्यसपछि मुस्ताङको ल्याउने योजनामा छु,’ उनले भने । अमेरिका र नेपाल आउजाउ गरिरहने गायक महत पछिल्लो समय नेपालमा सक्रिय छन् । उनी पछिल्लोपटक हिमालय टिभी एचडीको कार्यक्रम ‘हिमालय लोकस्टार’को सिजन २ को फिनालेमा अतिथि जजको रुपमा सहभागी  भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका