फोर आइज न्युज
शनिबार, चैत्र २२, २०८१
  • होमपेज
  • बलात्कार आरोपमा नवनिर्वाचित वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा नवनिर्वाचित वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा नवनिर्वाचित वडाध्यक्ष पक्राउ

धनकुटामा एक जना वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ परेका छन् ।२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष ३८ वर्षीय सन्तोष राई पक्राउ परेका हुन् ।

पीडित महिलालाई आरोपित राईले शुक्रबार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताए। पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको छ।

राईले ती युवतीलाई तेह्रथुमको वसन्तपुरस्थित ताप्लेजुङ होटलमा पुर्याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको छ। धनकुटाको हिले घुम्न जाउँ भनि बोलाएर वसन्तपुर पुर्याइ राति होटलमै बन्धक बनाइ राखि बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ।घटनाका आरोपित राई गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनी निर्वाचित भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका