गोकर्णेश्वोर नगरपालिका ५ स्थित बाहुन धारा नजिकै नयाँबस्ती युवा क्लब जाने बाटोमा जनप्रतिनिधी श्री बहादुर योगी तथा संचारकर्मीको छड्केद्वार स्थानीय बासीले फोहर लुकि लुकि फाल्दै गरेको अबस्थामा रङ्गेहात समातेका छन।
बाटो र पेटीमा रातको समयमा, हातमा, बाइकमा बोरामा लुकाएर कसैको नजरमा नपरिकन फोहर थुपार्ने र दुर्गन्ध फैल्याउने स्थानीयको काइदा जनप्रतिनिधिले फेला परेका छन।
वडा अध्यक्ष नारायण बहादुर सुवेदिले वडालाई सफा राख्ने , फोहर व्यवस्थापन गर्ने, पानी तथा ढलको व्यवस्थापन जस्ता विषयमा तदारुकताका साथ लागेको पाइएको छ।
फोहर फाल्ने स्थानीयलाई प्रहरीमा बुझाईएको छ तथापी नाम र ठेगाना भने गोप्य नै राखिएको छ। यस्तो क्रीयाकलापले वडाको बासीहरुमा चेतना र सतर्कता आउनुका साथै फोहर व्यवस्थापनमा समेत टेवा पुर्याउने देखिएको छ।
नगरपालिकालाई फोहरमुक्त बनाउनको लागि विभिन्न कोशिश भएतापनि नगरबासीका यस्ता गतिविधिका कारण यो काम पूर्ण रुपले सफल हुन सकिरहेको छैन।