फोर आइज न्युज
शनिबार, कार्तिक २, २०८२
  • होमपेज
  • बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब रु ५० हजार मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।

अनुगमनका क्रममा भगवानपुर बजारस्थित अमन किराना पसल, ज्योति गल्ला भण्डार, कृष्णा जेनरल फेन्सी स्टोर्सलगायत विभिन्न पसलबाट म्याद गुज्रेको मैदा, मसला, पाउण्डर दूध, खानेतेल, सुर्ति, बिँडी, भुज, चिउरालगायतका सामान नियन्त्रणमा लिई नष्ट गरेको सो डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । यस्तै सिरहाको धनगढीमाई –१० स्थित धनगढी बजारमा गरिएको बजार अनुगमनका क्रममा रोहित किराना पसल, शम्भु एण्ड धीरज ट्रेडर्स र ओमनमः शिवाय किराना पसलबाट म्याद गुज्रेको मैदा, खानेतेल, स्वायबिन, मसलालगायतका सामान नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले बताए ।

उनका अनुसार धनगढी बजारस्थित विभिन्न होटल तथा मिष्ठान्न भण्डारमा अनुगमन गर्दा हानिकारक रङको प्रयोग गरी तयार पारिएको मिठाई तथा म्याद गुज्रेको पेय पदार्थसमेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न र दर्ता नभएका पसल, व्यवसायी दर्ता गराउन पहिलोपटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उनले बताए। विगतमा सहर केन्द्रित गर्दै आएको बजार अनुगमनलाई केही दिनदेखि ग्रामीण क्षेत्रमा केन्द्रित गरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ। भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्।  बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन्। अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ।  यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन्। नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ। मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन्।  मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन्।  गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो। यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन्।