फोर आइज न्युज
बिहिबार, साउन २, २०८२
  • होमपेज
  • श्रीलंकामा औषधि अभावले विरामीको अप्रेसन पनि हुन सकेन, भारतीय विदेशमन्त्रीले बढाए सहयोगको हात

श्रीलंकामा औषधि अभावले विरामीको अप्रेसन पनि हुन सकेन, भारतीय विदेशमन्त्रीले बढाए सहयोगको हात

श्रीलंकामा औषधि अभावले विरामीको अप्रेसन पनि हुन सकेन, भारतीय विदेशमन्त्रीले बढाए सहयोगको हात

गहिरिदो आर्थिक संकटका बीच श्रीलंकामा औषधि अभाव भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार औषधिको अभावमा पूर्वनिर्धारित शल्यक्रियाहरू प्रभावित भएका छन् ।                                                                                    श्रीलंकामा ठूला सामुदायीक अस्पतालमध्येको एक पेरादेनिया शिक्षण अस्पतालले औषधि अभावका कारण आकस्मिक शल्यक्रियाहरूमात्रै गर्ने निर्णय गरेको छ । अन्य अस्पतालमा पनि औषधिको अभाव देखिएका बेला भारतले सहयोगको हात अगाडि बढाएको छ । श्रीलंका भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले औधी अभावका कारण शल्यक्रिया रोकिएको समाचारले आफू स्तब्ध भएको बताएका छन् ।                                                                               उनले औषधि अभावमा कसरी सहयोग गर्न सकिन्छ भनेर कोलोम्बोस्थित भारतीय हाइ कमिस्नर गोपाल बाग्लेसँग परामर्श गरेका छन् । कोभिड १९ महामारीमा पनि दक्षिण एसियाली मुलुकमा खोप सहयोग गरेको भारतले अहिले श्रीलंकामा चिनियाँ ऋणले अर्थतन्त्रमा प्रभाव पर्दा आएको संकटको सामना गर्न मानवीयता र मित्र राष्ट्रको नाताले सहयोगको हात अगाडि बढाएको हो ।                                                                                                     विदेशी मुद्रा सञ्चिति अभावका कारण श्रीलंकामा पछिल्लो समय विदेशबाट आवश्यक सामग्री ल्याउन नसक्दा कागज अभावमा विद्यार्थीहरुको परीक्षामसेत स्थगित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।