फोर आइज न्युज
शुक्रबार, जेष्ठ १७, २०८२
  • होमपेज
  • देउवाकै गृहजिल्लामा कांग्रेसभित्र तीव्र विवाद, स्थानीय निर्वाचन अभियान बहिष्कार गर्ने

देउवाकै गृहजिल्लामा कांग्रेसभित्र तीव्र विवाद, स्थानीय निर्वाचन अभियान बहिष्कार गर्ने

देउवाकै गृहजिल्लामा कांग्रेसभित्र तीव्र विवाद, स्थानीय निर्वाचन अभियान बहिष्कार गर्ने

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसभित्रको विवाद बढ्दै गएको छ।

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकताबद्ध हुनेगरी नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरूले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन्। १४औं राष्ट्रिय महाधिवेशनअघि सम्पन्न सातौं जिल्ला अधिवेशनका क्रममा दुई खेमामा बाँडिएका नेता कार्यकर्ताले पार्टीलाई एकताबद्ध बनाउन दबाब दिँदै आएका छन्।

सातौं जिल्ला अधिवेशनका क्रममा क्रियाशील सदस्यतामा केन्द्रबाट हेरफेर गरिएको र चार सय ६० जना क्रियाशील सदस्यहरूको सदस्यता विना कारण नवीकरण नगरिएको भन्दै तत्कालीन जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता विवाद नटुंगिएसम्म जिल्ला अधिवेशनमा सहभागी नहुने अडान राखेर जिल्ला अधिवेशन बहिष्कार गरेको थियो।

पार्टी सभापति देउवाको सहयोगमा एकपक्षीय रूपमा जिल्ला अधिवेशन सम्पन्न गर्दै कांग्रेस डडेल्धुराको सभापति बनेका परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले पार्टी एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि हाल एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन हुन थालेपछि फेरि असन्तुष्टि बढ्न थालेको हो।

कांग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको अवस्थामा एकलौटी रूपमा चुनावती अभियान सञ्चालन गरिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताहरूले बहिष्कार गर्ने चेतावनी दिएका छन्।

शनिकार परशुराम नगरपालिकाको जोगबुडामा भेला भएका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन गरिन थालिएकोमा तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

नगर प्रमुख तथा कांग्रेस डडेल्धुराका सभापति साउदले सातौं जिल्ला अधिवेशनको प्रारम्भदेखि नै पार्टीको विधानविपरीत काम गर्दै इमान्दार नेता कार्यकर्ताहरूलाई पेलेर एकपक्षीय रूपमा जिल्ला सभापति भएको र हाल जिल्लास्तरीय नेता कार्यकर्ताहरूको ठूलो हिस्सा असन्तुष्ट रहेको अवस्थामा एकपक्षीय रूपमा चुनावी अभियान घोषणा गरिएकाले आगामी ५ चैतमा वडास्तर र ८ गते पालिकास्तरमा हुने चुनावी अभियानको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका हुन्।

कांग्रेस डडेल्धुराका पूर्वउपसभापति धर्मानन्द भट्टको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलाले पार्टी एकताबद्ध बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले संघर्ष समिति समेत गठन गरेको छ। समितिका सदस्यहरूमा प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार गोपा थापा, कांग्रेस डडेल्धुराका पूर्वसदस्य तथा परशुराम नगरपालिका-१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी, भोजराज बोहरा, रामसिंह ऐर, दानबहादुर साउद र राजबहादुर भण्डारी सदस्य छन्।

संघर्ष समितिले पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा होमिन नेतृत्वलाई दबाब दिन संघर्षका कार्यक्रम सञ्चालन गर्ने संयोजक भट्टले बताए। उनले पार्टीभित्र इमान्दार नेता कार्यकर्ताहरूलाई पन्छ्याउन खोजिएकाले पार्टी एकताबद्ध नहुन्जेलसम्म वर्तमान जिल्ला कार्यसमतिले अघि सारेका हरेक कार्यक्रमू बहिष्कार गरिने जानकारी दिए।

कांग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान एकपक्षीय रूपमा सञ्चालन गर्न थालेको छ। २९ फागुनदेखि २९ चैत एक महिनासम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न कांग्रेस केन्द्रीय समितिको निर्देशन छ।

डडेल्धुरा जिल्लाका सातवटा स्थानीय तहमा ८ चैतमा एकै समयमा हुने चुनावी सभाका लागि प्रतिनिधिहरू तोकिएका छन्। दुईवटा नगरपालिकामध्ये परशुराम नगरपालिकामा सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दराज बोहरा र अमरगढी नगरपालिकाका लागि वर्तमान जिल्ला सभापति एवं परशुराम नगर प्रमुख साउद प्रतिनिधि तोकिएका छन्।

यस्तै, भागेश्वर गाउँपालिकामा जिल्ला कार्यसमिति उपसभापति लक्ष्मीप्रसाद अवस्थी, अजयमेरू गाउँपालिकामा जिल्ला कार्यसमिति सचिव हेमराज चटौत, नवदुर्गा गाउँपालिकामा सचिव शेरबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिकामा जिल्ला कार्यसमिति उपसभापति डिल्लीराज जोशी र आलिताल गाउँपालिकामा पूर्वसभापति रघुवर भट्ट प्रतिनिधि तोकिएको कांग्रेस डडेल्धुराले जनाएको छ।

स्थानीय चुनाव अभियान सफल पार्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रदेशसभा क्षेत्रीय समितिबाट डडेल्धुराका ५२ वटै वडामा प्रतिनिधि खटाइएको छ भने ५ चैतमा वडाहरूको कार्यक्रम सञ्चालन गर्न ५२ जना प्रतिनिधिहरू खटाइएको छ।

यसरी प्रतिनिधि खटाउँदा एकपक्षीय रूपमा खटाइएको भन्दै कांग्रेस डडेल्धुराभित्र तीव्र असन्तुष्टि बढे्को कांग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले बताए। उनले अन्य स्थानीय तहमा पनि नेता कार्यकर्ताहरूले एकपक्षीय रूपमा सञ्चालित चुनावी अभियान बहिष्कार गर्ने जानकारी दिए। पार्टी एकढिक्का बनाउन प्रधानमन्त्री तथा सभापति देउवाले भूमिका निर्वाह गर्नुपर्ने स्थानीय नेता कार्यकर्ताको माग छ।

सभापति देउवाले आफूपक्षीय नेता कार्यकर्तालाई अवसर दिने र तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षीय नेता कार्यकर्तालाई पेलेर लैजान थालेकाले कांग्रेस डडेल्धुरामा विवाद सिर्जना भएको कांग्रेस डडेल्धुराका निवर्तमान सहसचिव अर्जुनबहादुर मल्लले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन् ।  निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ । एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।