फोर आइज न्युज
शनिबार, जेष्ठ १८, २०८२
  • होमपेज
  • यी अस्पतालमा वैदेशिक रोजगारीमा जानेकाे निःशुल्क पीसीआर,के चाहिन्छ कागजात?

यी अस्पतालमा वैदेशिक रोजगारीमा जानेकाे निःशुल्क पीसीआर,के चाहिन्छ कागजात?

यी अस्पतालमा वैदेशिक रोजगारीमा जानेकाे निःशुल्क पीसीआर,के चाहिन्छ कागजात?

सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोनाभाइरसको पीसीआर परीक्षण निःशुल्क गरिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निश्चित अस्पताल तोकेर निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो।

सरकारीअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क हुनेछ।

यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रु ८०० शुल्क तिर्नुपर्ने हुन्थ्यो। पीसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ। यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका