फोर आइज न्युज
बिहिबार, चैत्र २७, २०८१
  • होमपेज
  • एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

काठमाडौं महानगरपालिकाले देशकै अग्रणी जिएसएम मोबाईल सेवाप्रदायककम्पनी एनसेललाई गतआर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिका कार्यलयले एनसेललाई सोमबार सो सम्मान स्वरुपकदर पत्रप्रदान गरेको छ ।
काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीतितथाकार्यक्रम सार्वजनिकीकरण समारोहमासो सम्मान प्रदान गरिएको हो । उक्त समारोहका प्रमुख अतिथी संघीय मामिला तथा स्थानीयविकास मन्त्रि हितराज पाण्डेले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई सो कदर पत्र हस्तान्तरण गरेका थिए ।
कदर पत्रमा लेखिए अनुसार ‘काठमाडौं महानगरपालिका कार्यलयलाई आर्थिक वर्ष २०७२/२०७३ मा विज्ञापन कर तर्फ सबैभन्दा बढि भुक्तानी गरी महानगर निर्माणमा अतुलनिय योगदान गरे बापत’ एनसेललाई सम्मान गरिएको हो । महानगरपालिका कार्यलयका अनुसार, गत आर्थिक वर्ष २०७२/२०७३ मा कार्यालयले रु ४ करोड १७ लाख विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको १ तिहाई योगदान एनसेलले गरेको थियो ।
निजी क्षेत्रको पहिलो मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मान पाईसकेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १ करोड ४३ लाख नेपालीले एनसेलको सेवा लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका