फोर आइज न्युज
शुक्रबार, मंसिर १३, २०८२
  • होमपेज
  • लगानीकर्ता भन्छन्-‘एमसीसी पास भए हाइड्रोको मूल्यमा उछाल आउँछ’

लगानीकर्ता भन्छन्-‘एमसीसी पास भए हाइड्रोको मूल्यमा उछाल आउँछ’

लगानीकर्ता भन्छन्-‘एमसीसी पास भए हाइड्रोको मूल्यमा उछाल आउँछ’

काठमाण्डौ । वित्तीय जानकारहरू पुँजी बजारलाई ‘सेन्सेटिभ सेक्टर’ अर्थात् संवेदनशील क्षेत्र भन्ने गर्छन् । नीति परिवर्तन, नेतृत्व परिवर्तन, सर्कुलर लगायत स–साना समाचारहरूले नै पनि बजारमा ठूला उत्तर–चढाव आउने गर्छ ।

अझ नेपाली सेयर बजार बढ्न वा घट्न त्यति ठूलो कारण नै चाहिँदैन। विगत केही महिनाको बजार हेर्दा बजेट, मौद्रिक नीति, संसद् विघटन, चुनाव लगायतका समाचारहरूले बजारमा भारी अङ्कको तलमाथि भएको देखिन्छ। ‘नेपाली सेयर बजारमा हरेक महिना केही न केही ईस्यु हुन्छ। खेलाडीहरूलाई सेयर मैदानमा खेल खेल्न तिनै ईस्युहरू प्रयोग गर्छन्ु एक ब्रोकर सञ्चालक भन्छन्,–‘अहिले एमसीसी त्यस्तै ईस्यु बनेको छ। तर यो ईस्युले लगानीकर्ता मात्र नभएर ट्रेडर पनि अन्योलमा भएको देखिन्छ।’

सेयर लगानीकर्ताको मात्र के कुरा, एमसीसीको इस्यूका कारण नेपाली नागरिक र राजनीतिक दलका नेताहरू पनि अन्योलमा छन्।

विगत केही दिनलाई हेर्ने हो भने एमसीसीको प्रत्यक्ष असर बजारमा परेको देखिन्छ।  बजार न धेरै घटेको छ, न धेरै बढ्न नै सकेको छ । कारोबार रकम उत्साहजनक नहुनुका साथै लगानीकर्ताहरू पनि उत्साहित नभएको अवस्था छ।

सडकमा नागरिकहरूको आवाज सुन्दा र उनीहरूको गतिविधि हेर्दा एमसीसी पास भएको खण्डमा अहिलेको सरकारको अस्तित्व रहला कि नरहला ? चुनाव होला कि नहोला ? गठबन्धन के होला ? अर्थतन्त्रको अवस्था के होला ? लगायतका प्रश्नहरूले लगानीकर्ताहरूमा पनि अन्यौल छाएको देखिन्छ ।

बजारका सक्रिय लगानीकर्ता सुनिल यादव एमसीसी पास भएमा बजारलाई सकारात्मक असर पर्ने बताउँछन्। यादव भन्छन्–‘एमसीसी परियोजना पास भएसँगै आर्थिक गतिविधि बढ्ने देखिन्छ। त्यसैले उक्त पैसा बजारमा नै आउने भएकाले बजार बढ्छ।’

‘एमसीसी परियोजना अन्तर्गत विद्युतीय प्रसारण लाइन विस्तार हुन्छ।’ यादव भन्छन्–‘त्यसैले यसको प्रत्यक्ष र सकारात्मक असर जलविद्युत क्षेत्रमा हुने देखिन्छ।’

बजारका अर्का सक्रिय लगानीकर्ता सचिन राजवंशीको अनुमानमा एमसीसी पास भएमा जलविद्युत कम्पनीहरूको मूल्यमा उछाल आउनसक्छ । उनी भन्छन्–‘एमसीसी हाइड्रो सेक्टरसँग जोडिएको योजना हो। त्यसैले सबैभन्दा बढी प्रभाव हाइड्रो सेक्टरमा नै हुने देखिन्छ।’

एमसीसी पास हुँदा यसको सकारात्मक असर जलविद्युत कम्पनीहरूमा देखिने बजारका अर्का लगानीकर्ता मिलन चिमरिया दाबी गर्छन् । उनी अगाडि भन्छन्–‘तर नेपाली पुँजी बजारमा ठीक उल्टो हुने गरेको छ। जस्तै चुनावको मिति घोषणा हुने हल्लाले बजार बढ्यो। मिति घोषणा भएको भोलिपल्ट नै बजार घट्यो। त्यसैले यकिन साथ बढ्छ भन्न सकिँदैन।’

तर पनि प्रसारण लाइन बनेसँगै विद्युत् विक्री गरी कम्पनीको आम्दानी बढ्ने देखिएको उनी बताउँछन् ।

पछिल्लो समय लगानीकर्ताहरूमा हाइड्रोको छुट्टै आकर्षण भएको देखिन्छ। त्यसैले एमसीसी पास भएमा हाइड्रोको मूल्य आकासिएर किन्न नै नसक्ने अवस्था समेत आउनसक्ने अर्का लगानीकर्ता विजय गिरीको अनुमान छ । भन्छन्–‘केही महिनाको कारोबार हेर्दा पनि ठूला खेलाडीहरुले हाइड्रो नै उठाइरहेका छन् । एमसीसी पास भयो भने हाइड्रो मात्र होइन, बजारमै नयाँ चमक आउनसक्छ ।’

विगत केही महिनादेखि बजार बढ्न पनि सकेको छैन, घट्न पनि सकेको छैन। त्यसैले एमसीसीले बजारलाई एउटा सकारात्मक दिशा दिने काम गर्ने गिरीको दाबी गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।