नेपाली कांग्रेस पार्टीको भ्रातृसंगठन नेपाल दलित संघको महाधिवेशन चैत्र महिनामा हुने भएको छ। आम निर्वाचन, पार्टीको आन्तरिक महाधिवेशन, राष्ट्रिय राजनीतिमा आएका उतार चढाउ तथा कोभिड -१९ को महामारि जस्ता विभिन्न कारणले पटक पटक स्थगित भएको नेपाल दलित संघको महाधिवेशन चैत्र ७,८ र ९ गते हुने भएको हो।
उक्त संघको २४ औं बर्ष पूरा भएर २५ औं बर्षमा लागिरहदा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष, पूर्व वाणिज्य मन्त्री मीन विस्वकर्माले देश विदेशमा रहेका समानता, सामाजिक न्याय र लोकतन्त्रका लागि समाहित सम्पूर्ण न्यायप्रेमी महानुभावहरुलाई उक्त अवसरको सुभकामना समेत दिनुभयो।
त्यसैगरी तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नका लागि संघका जिल्ला समितिहरुलाई तैयारी अवस्थामा रहन पनि अध्यक्ष विश्वकर्माले निर्देशन दिनुभएको छ।
नेपाल दलित संघ वि.स.२०५४ फागुन०७ गते देखि नेपाली कांग्रेसको भ्रातृसंगठन भै देशभरका दलित समुदायको प्रतिनिधित्व गर्दै आइरहेको छ।