फोर आइज न्युज
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ।

‘आजै आयोगले निर्वाचनको मिति सरकारलाई सिफारिस गरेको थियो। सोहीअनुसार मिति तोकिएको छ। भोलिबाट हामीले युद्धस्तरमा चुनावको तयारी गर्छौं,’ प्रमुख आयुक्त थपलियाले भने,‘९४ दिनजति बाँकी छ। हामीले समयमै चुनाव गर्न सक्छौं।’

चुनाव भएपछि अन्तिम परिणाम आउन र सपथ लिन समय लाग्ने भएकाले अलि अघि नै आयोगले मिति सिफारिस गरेको हो।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै भोलिबाट नयाँ मतदाता नामावली संकलन गर्न बन्द गर्ने थपलियाले बताए।

‘भोलिबाट हामी अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गर्छौं,’ थपलियाले भने,‘कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत कामहरू सुरू गर्छौं।’

देशभरि एकै चरणमा चुनाव गर्न आयोग सक्षम रहेको थपलियाले बताए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते शुक्रबार स्थानीय चुनाव गर्ने निर्णय गरेको थियो।sanima

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका