फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • स्व.पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग

स्व.पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग

स्व.पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग

स्व.पत्रकार लालबहादुर (एलबीं) विश्वकर्माको परिवारलाई रु एक लाख आर्थिक सहयोग गरिएको छ ।
श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले रु एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्ममा गरेको छ ।

टेलिभिजनले यसअघि विश्वकर्माको कीरिया खर्चवापत रु २१ हजार उपलब्ध गराएको थियो । टिभी टुडेमा कार्यरत विश्वकर्माको यही माघ ५ गते राति ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको थियो ।

पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल पु(याइएको थियो । रकम अभावका कारण विश्वकर्मालाई त्यहाँबाट फर्काइएको उहाँको आरोप छ ।

पत्रकार सङ्घ–सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आएका छन् ।

अछामको रामारोशन घर भएका २६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका