फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • मिर्चैयामा पहिलो पटक फेशन शो

मिर्चैयामा पहिलो पटक फेशन शो

मिर्चैयामा पहिलो पटक फेशन शो

सिरहा / सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजनामा युवायुवतिहरुको उत्साहपुर्ण सहभागितामा फेसन शो को फाइनल अडिसन मंगलबार सम्पन्न भएको छ । युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गरी यहाँ रहेका प्रतिभालाई अझै प्रष्टफुटित गरिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए ।

अडिसनमा छनोट भएकाहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईएको डाईरेक्टर कर्णले बताए । मिर्चैयामै पहिलो भएको ईभेन्टको फाइनल अडिसन होटल होलिडे एण्ड पार्टी प्यालेशमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले कला प्रस्तुत गरेका थिए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरुको उल्लेखनिय सहभागी रहेको थियो । लुकेर रहेका प्रतिभाहरुलाई देखाउँदै युवायुबतीहरुको साथै समाजमा फैसनको छुट्टै पहिचान दिलाउँनु ईभेन्टको मुख्य उदेश्य रहेको उनले बताए । उनले भने, “यो ईभेन्ट सफतापुर्बक सम्पन्न भयो, अगामी दिनमा पनि हामी यहाँ रहेका प्रतिभालाई थप प्रष्टफुटित गर्न आउने छौ, अहिले पनि हाम्रो समाजमा धेरै प्रतिभाहरु लुकेर बसेका छन्, त्यसलाई पहिचान गरी उचित स्थान दिलाउँन हामी प्रयास जारी राखेका छौं, ईभेन्टमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा धन्यवाद दिन चाहन्छु ।”

एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिरहा क्षेत्र नं. ४ को “क” प्रदेश सभा सदस्य दिलिप साह रहेका थिए भने विशिष्ट अतिथिको रुपमा उद्योग बाणिज्य संघका अध्यक्ष हरिशंकर साह, अतिथिका रुपमा मिर्चैया नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, ६ का अध्यक्ष देबकृष्ण साह, संघिय समाजबादी फोरम नेपालका नेतृ शोभा मण्डल, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेब खनाल, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरिक्षक प्राक्रम राजभण्डारी लगायत उल्लेखनिय सहभागिता रहेको थियो । कोरियोग्राफर सुनु कर्णे संगै अफिसियल आद्बभाजर इभेन्ट म्यानजरको पनि उपस्थित थियो । भने कार्यक्रमको उदघोसन सनम सुवाल ले गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका