फोर आइज न्युज
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • कोइला खानी बिस्फोटमा कम्तीमा ३५ को मृत्यु

कोइला खानी बिस्फोटमा कम्तीमा ३५ को मृत्यु

कोइला खानी बिस्फोटमा कम्तीमा ३५ को मृत्यु

तेहरान । इरानको एक कोइला खानीभित्र अचानक बिस्फोटको घटना हुँदा त्यहाँ कार्यरत कामदारहरु मध्ये कम्तीमा ३५ जनाको मृत्यु भएको तीनवटा अर्ध सरकारी समाचार समितिहरुले जनाएका छन् । इरानको दि फार्स, मेहर र तस्निम नामक तीनवटा अर्ध सरकारी समाचार समितिहरुद्वारा प्रकाशित अलग अलग समाचार प्रतिबेदनमा कम्तीमा ३५ जना कामदारहरुको मृत्यु भएको पुष्टि भएको हो ।
इरानको उत्तरी प्रान्त गोलेस्तानमा अवस्थित जामेस्तान्युर्त कोइला खानीमा भएको ग्यास बिस्फोटनका कारण उनीहरुको मृत्यु भएको इरानको सरकारी स्रोतको अनुमान छ । घटनाको अनुसन्धान भै रहेको र बिस्फोटनको यकिन कारण बाहिर ल्याइएको छैन । पेट्रोलियम इन्धन धनी राष्ट्र इरानमा बिगतमा यस्तै प्रकारका खानी बिस्फोटका घटनाहरुले आहत बनाउने गरेको छ ।
इरानले ठूलो परिमाणमा आणविक हातहतियार उत्पादन तथा भण्डारण गरेका कारण अमेरिका तथा पश्चिमी युरोपेली राष्ट्रहरुले बिभिन्न खाले प्रतिबन्ध लगाउँदै आएकाले देशमा इन्धन तथा उर्जा आपूर्तिमा अवरोध आउन नपाओस भन्ने उद्देश्यले इरानले कोइला उत्पादन वा खानी उत्खननलाई पुनः प्राथमिकता दिई पुराना खानीहरु नवीकरण र सन्चालन गर्न राष्ट्रिय लगानी बढाउँदै लगेको छ । खानी उत्खनन वा कोइला उत्पादन कार्य ठेक्का करारमा गर्नका लागि हाल जेक गणतन्त्रले हात हाल्न लागेको पनि बताइएको छ । रासस ÷एपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका