फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • खेलकुद मार्फत विद्यार्थीको ब्यक्तित्व विकासः प्ले नेपाल

खेलकुद मार्फत विद्यार्थीको ब्यक्तित्व विकासः प्ले नेपाल

खेलकुद मार्फत विद्यार्थीको ब्यक्तित्व विकासः प्ले नेपाल

आजकलको ब्यस्त जीवन शैली र खेल मैदानको अभावको कारणले गर्दा बच्चाहरुले खेलकुद क्रियाकलापमा भाग लिन पयका छैनन् । पढाइमा राम्रो नम्बर ल्याउनु पर्ने बोझले गर्दा बच्चाहरुको खेलकुद क्रियाकलापमा सहभागी हुन समय छैन । जसको नतिजा बच्चाहरुको उमेर अनुसार शारीरिक बिकाश हुन पाउदैन ।
विद्यालयमा हुने अतिरिक्त शैक्षिक क्रियाकलाप मात्र उपक्युत छैन । राम्रो रिजल्ट लाउनु पर्ने दबाबको कारणले बिद्यालयहरु चाहादा चाहदै पनि खेलकुद कार्यक्रम संचालन गर्न असमर्थ छन् ।
दक्ष्य जनशक्तिको अभाब, महँगो खेल सामग्री र मैदानको अनुपयुक्तताको कारणले बिद्यालय खेलकुद कार्यक्रम गर्न असमर्थ छन् ।
बिद्यालयको यसै समस्या समाधान गर्न प्ले नेपाल सुरु भएको छ । कुनै पनि बिद्यालयको गुणस्तर एस.एल.सी नतिजा ले मात्र होइन त्यो स्कूल बाट उत्पादन हुने विद्यार्थीको व्यक्तित्व पनि भर पर्छ ।
“खेल संगै पढाई “ भन्ने मुल नाराबोकेर प्ले नेपाल बच्चाहरुलाई सानो उमेर देखि नै खेलकुदमा सहभागी गराएर बच्चाहरुको सर्बा्ङ्गिण विकास गराउने सोचका साथ बिद्यालयहरुमा खेलकुद क्रियाकलापको मार्फत बिद्यार्थीको सर्बंगिंग बिकाश गर्ने कार्यक्रमहरु संचालन गर्दै जाने उदेश्य बनाएको छ ।
पढाईको जस्तै खेलकुदको कोर्ष’ नै बनाएको प्ले नेपालको कार्यक्रम अहिले उपत्यकाका धेरै स्कूलहरुमा लागु भइसकेको छ । सम्पूर्ण बिद्यार्थीहरु लाइ समाबेस गराइने उक्त कार्यकर्म लागु भए पछि बिद्यालयहरुमा बिद्यार्थीहरु विद्यालय अनुपस्थित हुने दर पनि घट्ने छ ।
कार्यक्रम संचालन गर्न आवश्यक पर्ने खेलकुद सामग्री, शिक्षक प्ले नेपाललेनै उपलब्ध गराउने भएकोले बिद्यालय ब्यबस्थापन मूल शैक्षिक कार्यक्रममा मात्र सम्पूर्ण ध्यान दिन पाउने छ । निकट भबिस्यमा यस प्ले नेपालले फूटबल तथा क्रिकेट एकेडेमि पनि संचालन गर्ने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका