फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • गायिका पन्तको “कहिले तिमीलाई” म्यूजिक भिडियो सार्बजनिक

गायिका पन्तको “कहिले तिमीलाई” म्यूजिक भिडियो सार्बजनिक

गायिका पन्तको “कहिले तिमीलाई” म्यूजिक भिडियो सार्बजनिक

नेपाली स्रोता दर्शकहरुले खुबै रुचाईएका सुमधुर स्वरकी धनी हुन गायिका सुनिता पन्त । धादिङमा जन्मिएकी गायिका सुनिता पन्त अहिले चितवनमा बसोबास गदै आउनु भएको छ ।
आफ्नो पढाई सँगै गीत संगीत क्षेत्रमा अगाडि बडिरहेकी कोकिल कण्ठकी धनी पन्तले अहिलेसम्म ५ वटा भन्दा धेरै गीतहरुमा आफ्नो आवाज दिइसकेकि छिन् । अहिलेका नयाँ पिडिले उहाँलाई दोस्रो अन्जु पन्त भनेर उप नाम दिएका छन् ।
त्यही गायिका पन्तको स्वरले सजिएको “कहिले तिमीलाई” बोल रहेको म्युजिक भिडियोको सुटिङ मलेसियाको विभिन्न रमणीय स्थान हरुमा छायांकन गरिएको गायक तथा संगीतकार मनिपाल राईले जानकारी दिनुभएको छ ।
उक्त गीतका रचनाकार हुन गीतकार तथा मोडेल पासाङ तामाङ। साथै संगीत भर्नु भएको छ अहिलेका निकै ब्यस्त युवा गायक तथा संगीतकार मनिपाल राईले।
म्युजिक भिडियोमा निर्देशन सुन्दर लावातीको रहेको छ भने क्यामेरा पनि स्वयमले चलाउनु भएको छ ।
मोडेलिङमा हामी देख्न सक्नेछौ नेपाल बाट म्युजिक भिडियो कै लागि भनेर मलेसिया पुगेकी रुपकी धनी अभिनयकि खानी थुप्रै म्युजिक भिडियोहरु मा आफ्नो सुन्दर अभिनय प्रस्तुत गरेर नेपाली स्रोता दर्शक माझ आफ्नो छुट्टै पहिचान बनाइ सकेकी नायिका कसिस दाहाल ।
कसिसलाई साथ दिएका छन् आफ्नो मिडेलिङ करियर मलेसिया बाटै सुरु गरेका युवा मोडेल राजेश तामाङले र साराले ।
हेर्नुस् म्यूजिक भिडियो

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका