फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१

मेरो सोचको राजनीति !

मेरो सोचको राजनीति !

कुनै पनि राज्य चलाउन चाहिने नीति, कानून, न्याय र शासन नै राजनीती हो। शैद्दान्तिक हिसाबले हेर्दा जनतालाइ लोकतान्त्रिक पद्धतिमा बोल्न पाउनु, बाच्न पाउनु, शिक्षा लिन पाउनु, धर्म संस्कृति र जीवन पद्धति अविलम्वन गर्न पाउनु नै एउटा विधिको शाशन भएको देशमा राजनीतिको अर्थ रहन्छ। २००७, २०३६, २०४६, २०६२र६३ र २०७५ जस्ता सलहरुमा भएका क्रमिक रुपमा भएको शासन प्रणाली, राजनैतिक अभ्यास र प्रजातान्त्रिक परिवर्तन सबैमा ज्ञात नै छ।नातावाद, स्वर्थ, गूट, डाह, ईर्ष्या र द्वेषको पोखरिमा तित्तर्वित्तर भएको, रुमल्लिएको र नैतिकता हराएको नेतृत्व चाहे त्यो राणाकाल होस, राजसन्स्था होस वा कुनै पनि शासन प्रणाली होस जनमानसमा यसप्रती विस्वास हराएको छ।

समाज सधैं सहकार्यले बनेको थियो। मेरो विचारमा हाम्रो जस्तो विकासुन्मुख देशमा जहाँ शिक्षा, स्वास्थ, गाँस, बास र कपासको आधारभूत आवस्यकता समेत आज जनतामा पूरा हुन सकेको छैन तसर्थ शैद्दान्तिक राजनीती गर्नु, भासणको र गूटको राजनीती गर्नु व्यर्थ छ। म राजनीतिलाइ राजनीती भन्दा बढी समाजसेवाको रुपमा हेर्न रुचाउछु, बुझ्न चाहन्छु र आजको दिनसम्म सोही अनुसरण गर्दैछु। हामी समानता, समतामुलक र विभेदरहित समाजको वकालत गर्दछौं तर के सच्चिकै त्यो सोच राज्य चलाउने नेतृत्वमा छ ररु टाढा जानै पर्दैन गएको १२(१५ महिनाको कोभिड महामारी र लकडाउनमा राज्यको ऐन गरिबमाथी मात्र लागू भयो, हुनेखानेले खाद्यान्न होस वा स्वास्थ्य समाग्री खचाखच ढुकुटी भरेर राखे, चिल्ला गाडिमा चढे जसलाइ कहिल्यै रोक भएन तर ठेला(गाडा चलाउने, दैनिक ज्याला मजदूरी गर्ने रोगले भन्दा भोकले मरे। अब यो राजनीती जसमा सरकारले ०३ किलो चामल बाडी टोपाल्ने, काठमाडौको मेयर जो समाजिक सन्स्थाले गरिबलाइ खाना बड्दा राजधानिको इज्जत जान्छ भन्ने सोच राख्ने, के यो नै हो राजनीती रु कदापी हैन१

हामिले आफू बसेको ठाउँबाट नै समाजलाइ पढ्नुपर्दछ। जसको पहुँच छैन, बोल्न सक्दैनन, विभेदमा छन, अन्यायमा छन, उनिहरुको आवाज बन्नु, उनिहरुको लागि उभिनु र न्याय दिलाउनु मेरो सोचको राजनीती हो। अब यो कसरी सम्भव छ तरु भन्ने प्रश्न अवश्य आउदछ। मेरो भनाइ तसर्थ राख्न चाहन्छु। गएको बर्षको लकडाउनमा हामिले विभिन्न संघसंगठनका, धार्मिक सन्स्था, र व्यक्ती सङ्गको सहकार्यमा करिव ०९ महिनासम्मै ०३ हजार ०२ सय बोरा चामल वितरण गर्यौ, खाना खुवायौ र दर्जनै सुत्केरीलाई समेत उतार्यौ। मलाइ लाग्छ बुझ्नेले, बोल्नेले र सक्नेले स्वार्थ मात्र बोक्नु हुदैन स् सहयोग र सेवा गर्न सिक्नुपर्छ। टुहुरालाइ छात्रवृत्तिको व्यवस्था, गरिबलाइ उपचारको लागि अस्पतालसङ्ग सहजिकरण, कानूनको व्यवस्था थाह नभई अन्यायमा परेकाहरुलाइ कानुनी न्यायको वकालत गर्नु, आफ्नो क्षेत्र, गाउँ, सहर, ठाउँमा स्थानिय सरकारको योजना, विकास र यसको अनुगमन गर्नु नै समाजसेवाको राजनीती हो। झण्डा बोक्दैमा र नारा जुलुस गर्दैमा मात्र नेता बन्ने होइन। नेता एक आचरण हो र राजनीती एक नियत हो। कसैले सेवाको नियत लिन्छन त कसैले स्वार्थको। मलाइ लाग्छ जबसम्म नेतृत्वमा रहेक मानिसहरुमा समाजसेवा गर्ने भाव आउदैन, देशमा आमूल परिवर्तन आउन सक्दैन। मदर टेरेसा, किसुनजी, कुलमान घिसिङ, महाविर पुन, नेल्सन मन्डेला आदिमा हामी निस्वार्थ सोच पाउछौ र उदाहरण दिदछौ।
राज्य हाक्ने न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका र कर्मचारितन्त्र सबैमा रहेको व्यक्तित्वहरुले येदि राजनीतिलाइ समाजसेवामा बुझ्न सके, कुनै पार्टी, व्यक्ती वा शक्तिको अघि नझुकी निश्पक्ष र न्यायपूर्ण कर्म र निर्णय गरे समाज रुपान्तरण हुन्छ र राष्ट्र सम्बृद्द हुन्छ।

अतस् मेरो विचारमा समाजसेवा नै राष्ट्रसेवा हो र राष्ट्रसेवा नै राजनीती हो र यो सबै हामिले बुझ्न जरूरी छ।

राजु सुनार
केन्द्रीय अध्यक्ष
नेपाल दलित बिध्यार्थी संघ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका