फोर आइज न्युज
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं , मंसिर, १६  ,    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले जनाएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति निकाली स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको छ । हालसम्म सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रधानमन्त्री ओली विज्ञ चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा उपचार गराइरहेका छन् । उनलाई भेटघाटका लागि पनि निकै कडाई गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका