बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचनका लागि विभिन्न पदमा उम्मेद्वारि एबम दाबी भैरहेको बिचमा काठमाडौं जिल्ला क्षेत्र नं ३ को गोकर्नेश्वोर नगरपालिका वार्ड ८ मा बिमला श्रेष्ठ ले वडा सदस्यमा आफ्नो प्रवल दावी गरेकी हुन।
धेरै लामो समय देखी मकालबारीमा मुक्तिनाथ महिला समुहको अध्यक्ष पदमा रहेर महिलाहरुको नेतृत्व गरेकी समाजसेवी बिमला श्रेष्ठले वडा सदस्यमा उम्मेदवारी घोषणा गरेसङै आफ्नो प्रवल सम्भावना रहेको बताउछिन।