फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • फिफा महिला विश्वकप फुटबलमा नाइजेरियाको जित

फिफा महिला विश्वकप फुटबलमा नाइजेरियाको जित

फिफा महिला विश्वकप फुटबलमा नाइजेरियाको जित

फिफा महिला विश्वकप फुटबलमा नाइजेरियाले पहिलो जित निकालेको छ । समूह एको खेलमा नाइजेरियाले दक्षिण कोरियामाथि २–० को जित निकाल्न सफल भएको हो । नाइजेरियाले पहिलो खेलमा नर्वेसँग पराजित भएको थियो । दक्षिण कोरियामाथि २–० को जित निकाल्दै समूहमा तीन अंक जोडेको छ । नाइजेरियाको जितमा दक्षिण कोरियाले एक गोल उपहार दिएको थियो ।

कोरियाकी डो योन किमले बल क्लियर गर्न नसक्दा आफ्नै पोस्टमा प्रहार गरेकी थिइन् । आत्मघाति गोल मार्फत अग्रता लिएको नाइजेरियाले ७५ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको थियो । एसिस्ट लामिना ओसालाले गोल गर्दै २–० को अग्रता दिलाएकी हुन् । त्यसपछि थप गोल नभएपछि दक्षिण कोरिया फिफा महिला विश्वकपमा लगातार दोस्रो खेलमा पराजय हुन पुग्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका