नागरिकलाई डर, धम्की दिइ रकम सङ्कलन गर्ने पाँच जना जोरपाटीबाट पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नागरिकलाई डर, धम्की दिइ उच्छृङ्खल गतिविधि गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बौद्ध, जोरपाटीलगायतका ठाउँमा नागरिकलाई डरत्रास देखाएर गैरकानुनी रुपमा रकम सङ्कलन गर्नेजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोकका ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङ्गा–६, रामेछाप घर भएका २८ वर्षीय […]