फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदै, अभ्यास २४ गतेदेखि असोज १२ गतेसम्म हुने

संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदै, अभ्यास २४ गतेदेखि असोज १२ गतेसम्म हुने

संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदै, अभ्यास २४ गतेदेखि असोज १२ गतेसम्म हुने

संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदै छ ।

आइतवार २४ गतेदेखि असोज १२ गतेसम्म हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आउन लागेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार सैन्य अभ्यास भक्तपुरको नगरकोटमा हुनेछ । उनका अनुसार यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९ औँ अभ्यास भइसकेको छ ।

अभ्यासमा नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी ४२ जना सैनिकको सहभागिता हुनेछ । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ ।

नेपाली सेना, संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्लादेश, इजरायललगायत देशका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन तालिम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका