फोर आइज न्युज
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • चार अर्ब बढीको प्रतिबद्धता

चार अर्ब बढीको प्रतिबद्धता

चार अर्ब बढीको प्रतिबद्धता

‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले अगाडि सारेको अभियानमा हालसम्म रु चार अर्ब चार करोड बराबरको प्रतिबद्धता प्राप्त भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २९ हजार २८४ जनाले लगानीका लागि प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा रु तीन अर्ब ३८ करोड २४ लाख ४२ हजार ८२५ लगानी गर्ने प्रतिबद्धता आएको छ ।
यस्तै कुल ३८ कम्पनी तथा सङ्घसंस्थाले रु ६५ करोड ८१ लाख ७५ हजार बराबरको प्रतिबद्धता जनाएका छन् । हालसम्म प्राप्त भएको प्रतिबद्धताअनुसारको रकमबाट १०० मेगावाटदेखि १५० मेगावाटसम्मको आयोजना निर्माण गर्न सकिने ऊर्जा मन्त्रालयले जनाएको छ ।
लगानीको प्रतिबद्धता जनाउन र मुलुक निर्माणको महाअभियानमा सहभागी हुन ऊर्जा मन्त्रालयले आम नागरिक तथा सङ्घसंस्थालाई आग्रह गरेको छ ।
मन्त्रालयले केही दिनभित्रै एउटा आयोजना छनोट गर्ने र अझै ठोस रुपमा लगानी परिचालन गर्ने तयारी गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका