फोर आइज न्युज
बिहिबार, मंसिर २६, २०८२
  • होमपेज
  • हवाई आक्रमणमा दशजना हक्कानी लडाकू मारिए

हवाई आक्रमणमा दशजना हक्कानी लडाकू मारिए

हवाई आक्रमणमा दशजना हक्कानी लडाकू मारिए

अफगानिस्तानको पाक्टिका प्रान्तको पूर्वी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा सोमबार कम्तीमा १० जना हक्कानी लडाकूहरुको मृत्यु भएको छ । गृहमन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सोमबार साँझ हक्कानीका एकजना उच्च तहका कमाण्डर र अरु नौजना लडाकू मारिनुका साथै दुईजना घाइते भएका छन् ।
घटनामा मारिनेहरुको विस्तृत विवरण सुरक्षा निकायले अहिलेसम्म सार्वजनिक गरेको छैन । घटनास्थल राजधानी काबुलदेखि १५५ किलोमिटर दक्षिणतर्फ पर्दछ ।
तालिवानी समूहसँग नजिक रहेका हक्कानी लडाकूहरुले अफगानिस्तानको राजधानी काबुल र पूर्वी राज्यहरुमा आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । उनीहरुले विषेशगरी सुरक्षा निकायका उच्च पदाधिकारीहरुलाई बढी आक्रमण गर्ने गरेका छन् ।
आक्रमणका कारण ठूलो मात्रामा विस्फोटक पदार्थ, लाइट आदिसहित दुईवटा सवारी साधन नष्ट भएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलले सरकारविरोधी गतिविधि गरिरहेका समूहहरुका विरुद्धको सुरक्षा कारबाही चलाइरहेको छ ।
हक्कानी समूहलाई संयुक्त राष्ट्रसङ्घले सन् २०१२ देखि आतङ्कारीको सूचीमा राखेको छ । रासस÷सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन् ।  निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ । एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।