फोर आइज न्युज
आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • आधारभूत विद्यालयको भवन निर्माण

आधारभूत विद्यालयको भवन निर्माण

आधारभूत विद्यालयको भवन निर्माण

पोखरा उपमहानगरपालिका–१७ महतगाँैडास्थित जानकी आधारभूत विद्यालयको पक्की भवन रु ५३ लाख ३३ हजार छ सय ७० को लागतमा बनेको छ ।
जिल्ला शिक्षा कार्यालय कास्कीका विभिन्न कार्यक्रमअन्तर्गत रु ११ लाख, पोखरा उपमहानगरपालिकाको रु नौ लाख ४८ हजार, सिद्धार्थ क्लब (बिडीआरसी) कार्यक्रमअन्तर्गत रु १० लाख ५० हजार, निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट रु नौ लाख, चन्दा सङ्कलनबाट करिब रु सात लाख ९१ हजार, गुप्तेश्वर गुफाबाट रु ५० हजार, असल छिमेकी सहयोगी सङ्घ (गोनेसा)बाट रु ४२ हजार, अस्ट्रेलियाली स्वयंसेवक समूहबाट रु ३५ हजार, महिला जागृति पोखरा– १५ बाट रु छ हजार आठ सय ११ र बाँकी विद्यालयको आन्तरिक कोष परिचालन गरी तीनतले सो भवन निर्माण गरिएको हो ।
व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले सोमबार यहाँ विद्यालयको ३९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो भवनको उद्घाटन गर्दै आधारभूत विद्यालयको शैक्षिक गुणस्तर कायम गरेर अभिभावक र विद्यार्थीको मन जित्नुपर्ने बताउनुभयो ।
मुलुकको भविष्यका कर्णाधार विद्यार्थीमा लगनशीलता, अनुशासित र गुरुप्रति आदर गर्ने बानीको विकास हुनुपर्ने र विद्यालयमा हुने प्रत्येक गतिविधि विद्यार्थीकेन्द्रित हुनुपर्ने बताउनुभयो ।
स्थानीय शिक्षाप्रेमी व्यक्तिको सक्रियतामा २०३५ सालमा स्थापित सो विद्यालयका छुट्टाछुट्टै छ भवनमा १६ कोठा छन् । सो विद्यालयमा हाल ८८ छात्रासहित १९४ विद्यार्थी र ११ शिक्षक अध्ययनअध्यापनरत रहेको प्रअ रघुनाथ शर्माले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका