फोर आइज न्युज
बुधबार, साउन १, २०८२
  • होमपेज
  • उपकप्तानीमा जिम्मेवारीमा फर्किए दीपेन्द्र

उपकप्तानीमा जिम्मेवारीमा फर्किए दीपेन्द्र

तस्बिर : क्यान

  • Arjun Rai
  • आइतवार, बैशाख २८, २०८२
उपकप्तानीमा जिम्मेवारीमा फर्किए दीपेन्द्र

काठमाडौँ — रोहित पौडेलको कप्तानीमा नेपालले बेलायत भ्रमणका लागि शनिबार १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपालले जुन महिनामा स्कटल्यान्डमा विश्वकप लिग २ को शृंखलामा स्कटल्यान्ड र नेदरल्यान्ड्सको सामना गर्नेछ । त्यसपछि यी तीन टोलीबीच नै ट्वान्टी–२० त्रिकोणात्मक शृंखला हुनेछ ।

त्यसअघि नेपालले इंग्ल्यान्ड र वेल्समा स्थानीय टोलीसँग ४ अभ्यास खेल तथा स्कटल्यान्डमा गएर स्कटल्यान्ड ‘ए’ सँग २ अभ्यास खेल खेल्नेछ । लिग २ का खेल स्कटल्यान्डको डन्डी र ट्वान्टी–२० त्रिकोणात्मक शृंखला ग्लास्गोमा हुनेछ । नेपाली टोली यसै साता इंग्ल्यान्ड जाने तालिका छ ।

नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान बनाइएको छ । सन् २०२१ को अन्तिममा नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध मिडियामा बोलेका कारण ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाइएको थियो । त्यसयता दीपेन्द्र पहिलो पटक उपकप्तानी जिम्मेवारीमा फर्किएका हुन् ।

रोहित र दीपेन्द्रबाहेक टोलीमा छनोट खेलाडीमा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, सन्दीप लामिछाने, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् ।

त्यस्तै ट्वान्टी–२० त्रिकोणात्मक शृंखलाका लागि रुपेशकुमार सिंह, लोकेश बम र किरण ठगुन्नालाई टोलीमा समावेश गरिएको छ । उनीहरूले एकदिवसीय टोलीमा रहेका तीन खेलाडीको स्थान लिनेछन् । कसको स्थान लिने भन्ने चाहिँ एकदिवसीय शृंखलापछि घोषणा गरिने क्यानले जनाएको छ ।

Sunrise bank

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका