काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र भएको बताएका छन् । सोमबार नगरकोट भ्रमण वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हुने जिकिर गरे । उनले काठमाडौंको उकुसमुकुसबाट उम्किएर प्रकृतिमय क्षण व्यतित गर्ने चाहना राख्नेहरुका लागि नजिकको रोजाइ स्थल हो नगरकोट भएको बताए ।
‘जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणमा जुट्न प्रेरणा दिओस् । विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्रले यसबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने मैले विश्वास लिएको छु । काठमाडौंको उकुसमुकुसबाट उम्किएर प्रकृतिमय क्षण व्यतित गर्ने चाहना राख्नेहरुका लागि नजिकको रोजाइ स्थल हो नगरकोट ।’