फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • चार प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना,पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव

चार प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना,पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव

चार प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना,पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव

नेपालमा पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव परेको छ ।
यसकै प्रभावका कारण अस्तिदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम धुम्म छ । दिउँसो पहाडी क्षेत्र बाहेकका ठाउँको मौसम सफा रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिएका छन् ।

तर,पहाडी क्षेत्रको मौसम भने आज पनि आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको उनले बताएका छन् । यस्तै, आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् पुडासैनिले जानकारी दिएका छन् ।

उनका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा आज पनि हिमपातको सम्भावना छ । यस्तै, काठमाडौंमा आज हिजो भन्दा चिसो छ । काठमाण्डौको न्यूनतम तापक्रम आज दुई डिग्री सेल्सियसले घटेको छ । हिजो १२ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज १० दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका